Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महामारीपछि अमेरिकामा बेरोजगार सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम


    शुक्रबार, चैत्र १३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अमेरिकामा महामारीपछि गत साता बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम रेकर्ड गरिएको छ ।

    एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको सङ्ख्या छ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले बिहीबार बताएको हो ।

    अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्याङ्क विश्लेषकहरूले बताइरहेका समय यो साता बेरोजगार सङ्ख्या सात लाखभन्दा कम हुनुलाई अमेरिकामा कोभिड–१९ विरूद्धको खोप अभियानको सफल प्रभाब भनिएको छ ।

    यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्याङ्कले देखाएको विश्लेषकहरूले बताएका छन् । 

    यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको र यसको सकारात्मक प्रभाब अमेरिकी श्रम बजारमा देखिएको सरकारको दावी रहेको छ ।

    श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाब नियन्त्रणमा आइनसकेको भएपनि कोभिड–१९ विरूद्धको खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार ७४५ रेकर्ड भएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार