सञ्जय मिश्रा
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा सञ्चालित रक्सी भट्टीमा छापामारी ठूलो परिमाणमा रक्सीजन्य पदार्थसंगै बन्दोबस्तीका सामान फेलापारेको हो।
जिल्ला प्रहरी कार्यालय गौरको टोलीले सदरमुकाम गौर नगरपालिका–५ अन्तर्गत विभिन्न स्थानमा सञ्चालित तीनवटा रक्सी भट्टीमा छापामारी गरी उक्त सामान बरामद गरेको हो । प्रहरी टोलीले गरेको छापामारीको क्रममा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ र रक्सी उत्पादनमा प्रयोग गरिने बिभिन्न सामान बरामद भएको जिल्ला प्रहरी रौतहटका उमाशंकर प्रसादले जानकारी दिएका छन् ।
प्रहरीले तयारी रक्सी ७ सय लिटर रक्सी, २८ सय लिटर कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्याँस सिलिन्डर ४ थान, ग्याँस चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद भएको इन्स्पेक्टर उमाशंकरले बताएका छन्।
बरामद सामान स्थानीय भद्रभलादमी, जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा शनिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend