सञ्जय मिश्रा
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा सञ्चालित रक्सी भट्टीमा छापामारी ठूलो परिमाणमा रक्सीजन्य पदार्थसंगै बन्दोबस्तीका सामान फेलापारेको हो।
जिल्ला प्रहरी कार्यालय गौरको टोलीले सदरमुकाम गौर नगरपालिका–५ अन्तर्गत विभिन्न स्थानमा सञ्चालित तीनवटा रक्सी भट्टीमा छापामारी गरी उक्त सामान बरामद गरेको हो । प्रहरी टोलीले गरेको छापामारीको क्रममा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ र रक्सी उत्पादनमा प्रयोग गरिने बिभिन्न सामान बरामद भएको जिल्ला प्रहरी रौतहटका उमाशंकर प्रसादले जानकारी दिएका छन् ।
प्रहरीले तयारी रक्सी ७ सय लिटर रक्सी, २८ सय लिटर कच्चा पदार्थ, मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्याँस सिलिन्डर ४ थान, ग्याँस चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद भएको इन्स्पेक्टर उमाशंकरले बताएका छन्।
बरामद सामान स्थानीय भद्रभलादमी, जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा शनिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend