Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्साबाट एक सय किलो गाँजा बारामत 


    आइतबार, जेष्ठ ३१ २०८३
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।

    खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

    उक्त गाँजा कसको हो भन्ने खुलेको छैन । सम्बन्धित व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी बस्नेतले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार