Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेफ सन्तोष साह पक्राउ


    शनिबार, जेष्ठ ३० २०८३
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति उनलाई धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो ।

    उनी बैंकिङ कसुरमा पक्राउ परेका हुन् । उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन्।

    गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

    जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार