काठमाडौं । बिहीबार न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन गर्ने पक्षमा नभएको बताएका छन् ।
यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने कडाईका साथ पालना गराउने उनको भनाइ छ ।
लकडाउनको चर्चा बजारमा चलिरहेको प्रसंगमा उनले अहिले त्यस्तो गतिविधि उपयुक्त नहुने बताए । सरकार बजेटको तयारीमा जुटेको जानकारी गराउँदै उनले आगामी बजेट कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रोजगारी सिर्जनामा केन्द्रित हुने समेत बताए । कोरोना खोप खरीद गर्न रकमको अभाव नहुने उनको भनाइ छ ।