काठमाडौँ । बर्दियामा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सरकारी छाप, लेटरप्याड र दस्तखतको दुरुपयोग गर्दै ठगी गर्ने एक दम्पती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार उनीहरूले ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली सरकारी कार्यालय सञ्चालन गरेका थिए।
प्रहरीका अनुसार उक्त दम्पतीले सरकारी कार्यालयको झल्को दिने साइनबोर्ड, लेटरप्याड तथा छाप तयार गरी स्थानीयलाई जागिर तथा रोजगारी दिने प्रलोभनमा पारेर ठगी गर्दै आएका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा रहेको ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’को नामसँग मिल्दोजुल्दो नाम प्रयोग गरी उनीहरूले गतिविधि सञ्चालन गरेको खुलेको छ।
यस्तै, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर रकम भुक्तानी नगरेको आरोप पनि उनीहरूमाथि लागेको छ।
घरधनीको जाहेरीका आधारमा अनुसन्धान थालेको प्रहरीले नक्कली कार्यालयमार्फत स्थानीयलाई कर्मचारी नियुक्त गर्ने, विभिन्न काममा लगाउने र ज्याला नदिने गरेको तथ्य फेला पारेको जनाएको छ।
प्रहरीले जेठ २० गते घनश्याम न्यौपाने र कृपा चौधरीलाई पक्राउ गरेको हो। उनीहरूमाथि ठगी तथा सरकारी कागजात र छापको दुरुपयोग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend