गौर । चीनबाट नेपाल हुँदै अबैध रुपमा भारत लैजान लागेको ९० लाख रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
बुधबार साँझ रौतहटकोे बौधीमाई नगरपालिका–७ बाँडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा लुकाइ भण्डारण गरिएको ठूलो परिमाणको फर्सीको बिउ प्रहरीको भन्दा पनि ब्यापारीबीचको आपसी विवादले बरामद भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार सो नाकाबाट ब्यापार गर्ने धर्मेन्द्र जैसवाललाई मात्र गरुडा एरियाबाट तस्करीको लाइन दिएपछि अरु ब्यापारीले प्रहरी र सशस्त्र प्रहरीलाई गोदाम नै देखाएर बरामद गराएका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिताराम रिजालले बरिष्ठ सई राजेन्द्र गिरीमार्फत् सेटिङ गरी जैसवाललाई मात्र लाइन दिएपछि अरु ब्यापारी रुष्ट भएका थिए ।
फर्सीको बियाँ लुकाएर राखेको जैसवालको गोदाम तिनै ब्यापारीले प्रहरीलाई देखाएपछि बरामद गर्न बाध्य भएको थियो । प्रहरीले घटनास्थलबाट ३ सय २२ बोरा फर्सीको बिउ बरामद गरेको छ । प्रतिबोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बरामद फर्सीको बिउको प्रतिबोरा २८ हजार रुपैयाँका दरले मूल्यांकन गरी प्रहरीले ९० लाख १६ हजार रुपैयाँ बराबरको बिउ बरामद गरेको जनाएको छ ।
रौतहटका नाकाबाट एसपी रिजालले खटाएका घुमुवा बरिष्ठ सई गिरीकै सेटिङमा फर्सीको बियाँ, चिनियाँ स्याउ, मदिरा लगायतका सामान भारततर्फ तस्करी हुने गरेको छ । भारतबाट कपडा, माछा, किराना सामानको तस्करी हुने गरेको छ ।
उक्त फर्सीको बियाँ बरामदका क्रममा स्थानीय र प्रहरी बीच झडप हुदा ६ जना घाइते भएका छन् थिए ।
दुवै पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास र रबर बुलेट समेत चलाएर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend