नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २८९१ मा पिसिआर गर्दा १२० जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८५ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ।
कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।