Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शैक्षिक संस्थामा थप सतर्कता अपनाऔं : शिक्षा मन्त्रालय


    बिहिबार, चैत्र १२ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने भन्दै विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले सूचना जारी गरी शिक्षण संस्थामा मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने, संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

    वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको प्रवक्ता दीपक शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

    त्यस्तै विद्यालयमा भिडभाड नहुने गरी पठनपाठन सञ्चालन गर्न, वार्षिक उत्सव, सभा, समारोह नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    सूचनामा सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण अनुशरण गर्न पनि आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार