काठमाडौं । भागरथी हत्याका आरोपी र मृतकको स्वाबमा भेटिएको डीएनए मिलेको छ । हत्या आरोपी दिनेश भट्टको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ ।
प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।
प्रहरीले घटनामा भट्टको संलग्न देखिएको भन्दै गत फागुन ४ मा पक्राउ गरेको थियो । दिनेशले उतिबेला नै प्रहरी, परिवार र सरकारी वकिलसँग भागरथीको हत्या गरेको स्वीकारेका थिए । स्वाबबाट प्राप्त नमूना मिलेसँगै हत्याको अनुसन्धान गर्न थप सजिलो बनेको सिंहले बताएका छन्।