जनकपुरधाम । सर्लाहीकाे सदरमुकाम मलगंवामा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ ।
मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जानकारी दिएकाे छ ।
रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएकाे छ ।