Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोल र डिजेलको तस्करीको आरोपमा ८४ जना पक्राउ


    बिहिबार, चैत्र १२ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएकाे हाे ।

    भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ ।

    भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार