Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ


    बिहिबार, चैत्र १२ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले गनबहादुर लोप्चन ‘राजु’ र निता तामाङ ‘माया’ लाई ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।

    नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ थान नोट बरामद गरिएको थियो ।

    रौतहट घर भइ काठमाडौं  कीर्तिपुर बस्दै आएका उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ थान र ५ सय दरको थप ५६ थान नक्कली नोट फेला परेको छ ।

    डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका स्रोतले बताएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार