काठमाडौँ । टिकटकमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ४२ वर्षीय थापाले आफ्नी ४२ वर्षीया श्रीमती भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।
वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी ‘नेपाली ब्रो’को रुपमा परिचित थिए।
आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend