Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतद्धारा कोरोना भ्याक्सिनको निर्यातमा रोक


    बिहिबार, चैत्र १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्याक्सिन नदिने  भएकाे छ ।

    यसअघि नै अर्डर लिइसकेकाहरूलाई खोप दिने  तर नयाँ अर्डर नलिने स्रोतले बताएको हाे ।

    नेपालीले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइरहेका छन्। सुरूमा भारत सरकारले १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो भने पछि नेपाल सरकारले १० लाख डोज किनेको थियो।

    नेपालले सेरम इन्स्टिच्युटलाई थप १० लाख डोजको अर्डर दिए पनि त्यो अझैसम्म आइसकेको छैन। भारतको नयाँ निर्णयसँगै अब भ्याक्सिन आउने अनिश्चितता बढेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार