Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोर्चुगलको कठिन जित


    बिहिबार, चैत्र १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा पोर्चुगलले कठिन जित हात पारेको छ ।

    बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    खेलको ३६ औं मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल पोर्चुगलको जितमा निर्णायक बन्यो। 

    यस जितसँगै छनौटको समूह ‘ए’मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।

    यसै समूहको अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३-२ गोल अन्तरले हराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार