एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
सन्दीपले ‘भिटालिटी टी-ट्वान्टी ब्लास्ट’ खेल्ने भएका हुन् ।
वोर्सेस्टरशायर र्यापिड्सबाट टी-ट्वान्टी ब्लास्टमा उनलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ ।
२० वर्षीय सन्दीपले पहिलो पटक टी-ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् ।
यस प्रतियोगिता खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।