Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोरी गर्ने युवाको साथबाट लागुऔषध पनि बारामत 


    बुधबार, जेष्ठ २० २०८३
    435
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा समातिएका पाँच युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । मनमैजु एरियामा राजिव महर्जन समेत व्यक्तिहरुले वन्यजन्तु हात्तीको दाह्रा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता शरद थापाले बताए ।

    तार्केश्वर–९ मनमैजुमा राजिव, आयुष र टेकले हात्तीको दाह्रा टुक्रा बनाएर राजिवको घरको पूर्वतर्फको खाली जग्गामा गाडेर राखेको पाइएको प्रहरीले बताएको छ । राजिवको घरबाट प्रहरीले हात्तीको दाह्रा दुई टुक्रा र लागु औषध ट्रामाडोल १५० ट्याब्लेट बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार