काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि सार्वजनिक स्थलमा भीडभाड नगर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बुधबारको बैठकले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न निर्देशन दिएको छ ।
आगामी चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो ।
काठमाडौं प्रशासनले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरेमा संक्रामक ऐन अनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ ।