Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवासभित्र निर्माण भएका घर टहरा हटाउन भूमिमन्त्रीको निर्देशन


    बुधबार, चैत्र ११ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बुधरबार मन्त्रालयले विज्ञप्ति जारी गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित ललिता निवासभित्र निर्माण भएका घर टहरा हटाउन निर्देशन दिएको छ । ।

    विज्ञप्तिमा भनिएको छ, ‘ वालुवाटारिस्थित ललिता निवास क्‍याम्प भित्रका केही जग्गाहरुमा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्‍न विवरणका जग्गाहरुमा नक्सा पास सम्बन्धी कार्य नगराउने व्‍यवस्था मिलाउन र कानून विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्‍यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ ।’

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  शिवमाया तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिइन् ।

    यता, मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

     

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार