कैलाली । एकलौटी रूपमा सदस्यता सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी गरिएको छ।
विज्ञप्ति जारी गर्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् । विज्ञप्तिमा आफ्ना निवेदनमाथि कुनै सुनुवाइ नभएको भन्दै आपत्ति जनाइएको छ।
‘लामो समयदेखि क्रियाशील पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा जुन एकलौटी रूपमा सिफारिस गरी हामीले दिएको निवेदनको कुनै पनि सुनुवाइ गरिएको छैन, यसकाविरूद्ध आज हामी तालाबन्दी गर्न बाध्य भएका छौं,’ विज्ञप्तिमा भनिएको छ।
प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विक र जन पत्रकार महासंघका केन्द्रीय सदस्य धर्मसिंह विकले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
साथै, दुवै संगठनले आफूहरूले दिएको निवेदनको सुनुवाइ नगरे पत्रकार महासंघको तीनै तहको निर्वाचनमा सहभागी नहुने चेतावनी समेत दिएका छन्।
आफ्ना निवेदनमाथि सुनुवाइ नगरे महासंघका तीनै तहका चुनावमा सहभागी नहुने चेतावनी दिइएको छ।