Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टापछि पठाओ सेवा पुनः सञ्चालनमा


    बुधबार, चैत्र ११ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक कारण सफ्टवेयरमा समस्या आएपछि मंगलबारबाट अवरुद्ध भएको पठाओ सेवा आज दिउँसो ३ बजेबाट पुनः सुचारु भएको कम्पनीले जानकारी दिएको छ । 

    पठाओद्वारा सञ्चालित बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

    यद्यपी सेवा सुचारु भएपनि राइडरहरुलाई कम्पनीको लोगो अंकित ज्याकेट ट्याक लगायतका प्रोटेक्टिभ गेयर प्रयोग भने बर्जित गरिएको बस्न्यातले बताए ।पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातको भनाइ छ ।

    त्यसलाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार