Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना आशंकामा क्वारेन्टाइन बसेका युवकद्वारा आत्महत्या


    शुक्रबार, बैशाख १९ २०७७
    820
    Shares
  • १ मिनेट पाठ
  • उदयपुर, १९ बैशाख ।गतराति क्वारेन्टाइनमा बस्दै आएका एक युवकले आत्महत्या गरेका छन्  । उदयपुरको रौतामाई गाउँपालिका–७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकले बिहीबार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।

     गाउँपालिकाका अनुसार कोरोनाको आशकामा क्वारेन्टाइनमा बसेका रौतामाई ७ गुराँसेका सुमन विकले आत्महत्या गरेका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईका अनुसार श्रीमतीको सलको पासो लगाएर क्वारेन्टाइन कोठामै झुण्डिएको अवस्थामा उनी शुक्रबार बिहान मृत फेला परेका हुन् ।प्रेम विवाह गरेर मजदुरी गर्न काठमाडौं आएका विक दम्पतिलाई वैशाख ११ गते उद्धार उदयपुरमा लगेर क्वारेन्टाइनमा राखिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार राति ८ः०० बजे खाना खाएर सुतेका श्रीमान् बिहान झुण्डिएको देखेपछि श्रीमतीले क्वारेन्टाइन प्रशासनलाई खबर गरेकी थिइन् ।आत्महत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार