Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेस्तोलसहित २ जना पक्राउ


    बुधबार, चैत्र ११ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धर्मेन्द्रप्रसाद यादव

    बीरगंज । कटुवा पेस्तोलसहित प्रहरीले पर्सामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्ज महानगरपालिका २४ सिर्सिया बस्ने शर्मा साहका छोरा २७ बर्षीय दीपेन्द्र साह र सोही वडाका सुरेन्द्र गुप्ताको छोरा २३ वर्षीय सनोज गुप्ता रहेका छन् । उनीहरुलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

    खनालका अनुसार मंगलबार पर्साको बीरगंज महानगरपालिका वडा नं १३ श्रीपुर हुलाकी रोडबाट उनीहरू हतियारसहित पक्राउ परेका हुन् । २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त प्रहरी टोलीले श्रीपुर १३ हुलाकी रोडमा उनीहरूमाथि शंका लागि खानतलासी गरेको थियो ।

    खानतलासीका त्रममा उनीहरुको साथबाट गोली नभएको कटुवा पेस्तोल १ थान बरामद भएको हो । पक्राउ परेका आरोपीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार