Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरक डसना उद्योगमा आगलागी


    बुधबार, चैत्र ११ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।

    आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार