Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • डिडिसीको कार्यालयमा सिआइबीको छापा, कागजात नियन्त्रणमा


    बुधबार, जेष्ठ १३ २०८३
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। दुग्ध विकास संस्थान (डिडिसी) को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ।

    बुधबार बिहानैदेखि सिआइबीको टोली लैनचौरस्थित डिडिसीको कार्यालयमा पुगेको एआइजी मनोज केसीले जानकारी दिए।

    डिडिसीसँग सम्बन्धित केही सूचना आएकाले प्रहरी पुगेको उनले बताए। सिआइबीले केही कागजात नियन्त्रणमा लिएको डिडिसी कार्यालय स्रोतले बतायो।

    प्रधानमन्त्री बालेन्द्र शाहले केही समयअघि मात्रै डिडिसीको याक चिज प्रवर्द्धन गर्न भनेर तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार