काठमाडौँ। ४० वर्ष बिनासुनुवाइ भारतीय जेलमा बसेर फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को उपचार खर्च प्रदेश-१ सरकारले व्यहोर्ने भएको छ ।
प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दुर्गाप्रसादको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले व्यहोर्ने बताए ।
भारतसँग क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउन कागजी प्रक्रिया पूरा गर्न प्रजिअ खड्कालाई आग्रह गरेको उनले सुनाए ।
प्रजिअ खड्काले पनि उक्त कुराको पुष्टि गरे । ‘दुर्गाप्रसादलाई तत्काल पायक पर्ने जुनसुकै अस्पतालमा उपचार गर्न लैजानुअघि जिल्ला प्रशासनलाई जानकारी गराउन भतिजा गोपाललाई भनिसकें,’ प्रजिअ खड्काले भने । लामो समय जेल बस्दा उनलाई शारीरिक र मानसिक समस्या देखिएको छ ।