एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज हात पारेको छ ।
मंगलबार क्राइसचर्चमा भएको दोस्रो एकदिवसीय खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज आफ्नोहात पारेको हो ।
बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको जितमा कप्तान टम लाथमले शतकीय इनिङ्स खेले । उनले अविजित १ सय १० रन बनाए ।
त्यस्तै, डेभन कनवेले ७२ रनको योगदान दिए । जेम्स निसमले ३०, मार्टिन गुप्ताले २०, हेन्री निकोलसले १३ रनको योगदान दिँदा ड्यारिल मिचेल १२ रनमा अविजित रहे ।
बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान र मेहेदी हसनले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ किवेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो ।
बंगलादेशका लागि तामिम इकवलले सर्वाधिक ७८ रन जोडेका थिए भने मोहम्मद मिथुनले अविजित ७३ रन जोडे ।
बलिङतर्फ मिचेल स्टानरले दुई विकेट लिए ।