Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इंग्ल्यान्डविरुद्ध भारतको फराकिलो जित


    बुधबार, चैत्र ११ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा फराकिलो जित हाँसिल गरेको छ ।

    मंगलबार पुनेमा भएको पहिलो एकदिवसीय खेलमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गर्दै जित हाँसिल गरेको हो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।

    भारतका लागि शिखर धवनले ९८ रनको अर्धशतकीय इनिङ्स खेल्दा केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै, डेब्यु खेलाडी कुर्नाल पाण्डयले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५६ रनको इनिङ्स खेले ।

    इंग्ल्यान्डका बेन स्टोक्सले ३ र मार्क उडले २ विकेट लिए ।

    भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

    इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

    यस्तै, जासन रोयले ४६ रन जोड्दा मोइन अलीले ३० रन बनाए । कप्तान इयान मोर्गन २२ रनमा आउट हुँदा साम विलिङ्सले १८ रन जोडे ।

    इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका डेब्यु खेलाडी प्रशिद्द कृष्णले ४ विकेट लिए । सार्दुल ठाकुरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए ।

    यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार