काठमाडौं, १९ बैशाख । नेपाल कम्युनिष्ट पार्टीभित्र विकसित राजनीतिक घटनाक्रम र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध मोर्चाबन्दी भइरहेको बेला चिनियाँ राजदूत होउ यांछीले नेतारुहरुसँगको भेटघाटलाई बाक्लो बनाएकी छन् । राजदूत यान्छीले आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग नेपालसँग भेटघाट गरेकी छन् । राजदूत यांछीले नेताद्वयकै निवासमा गएर भेटेकी छन् ।
भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको बताइएको छ । तर नेकपाभित्र विवाद उत्कर्षमा पुगेको र सरकारबाट प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपालहरु अडिग रहेकै बेला राजदूत यान्छीको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसअघि एमसीसी पारित गर्ने बिषयले चीन चिढिएको भन्ने चर्चा भइरहेको परिप्रेक्ष्यमा प्रचण्ड र माधव नेपालसँगको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।