Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कंगना रनावतको फिल्म थलैवीको ट्रेलर सार्वजनिक


    मंगलबार, चैत्र १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बलिउडकी निर्भीक अभिनेत्री कंगना रनावतको ताजा फिल्म थलैवीको ट्रेलर मंगलवार सार्वजनिक भएको छ । 
     

    ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

    यसमा कंगनाले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको जीवनकथा देखाएकी छन् । 
     

    कंगनाको ३४औं जन्मदिनको अवसरमा आज ट्रेलर सार्वजनिक गरिएको हो । यसको टीजर फेब्रुअरी महिनामा आएको थियो । 

    एएल विजयले निर्देशन गरेको फिल्ममा अरविन्द स्वामी, प्रकाश राज, जिस्सु सेनगुप्ता, भाग्यश्री लगायतको पनि अभिनय छ । 
     

    ट्रेलरमा जयललितालाई पुरुषहरूले हेपेको देखाइन्छ । राजनीतिमा प्रवेश गर्नुअघि जयललिता अभिनेत्री भएकाले मानिसले उनीमाथि शंका गरेका थिए । 
     

    ट्रेलरमा रोमान्टिक दृश्य र हास्यविनोदका क्षणहरू पनि छन् । 
     

    जयललिताले चुनावी अभियान चलाएको र राज्यभरि समर्थन प्राप्त गरेको दृश्य पनि अटाएको छ । सन् १९८४ मा संसदमा गरेको पहिलो दमदार भाषण पनि देखाइएको छ । 
     

    जयललिताको रोलका लागि कंगनाले २० किलो तौल बढाएकी थिइन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार