काठमाडौं । संवैधानिक परिषदले सिफारिस गरेका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको आज संसदीय सुनुवाइ हुँदैछ ।
शर्माबिरुद्ध परेका उजुरीहरुको सुुनुवाइ गर्न सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे बस्दैछ ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीहरू खोल्ने तथा आगामी सुनुवाइ प्रक्रियाको कार्ययोजना तय गर्ने कार्यसूची रहेको छ ।
समितिले वैशाख २६ गते डा. शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। उक्त अवधिमा कुल १६ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ ।
उजुरीकर्तालाई स्पष्ट आधार, तथ्य र प्रमाणसहित निवेदन पेश गर्न १० दिनको समय दिइएको थियो । साथै उजुरी दिने व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो ।
सोमबार उजुरी दर्ताको समयसीमा सकिएसँगै अब समितिले प्राप्त उजुरीमाथि विस्तृत छलफल, अध्ययन र छानबिन प्रक्रिया अघि बढाउने भएको छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष संसदीय सुनुवाइ गरिनेछ ।
डा. शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद् बैठकले नेपालको प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend