Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • न्यायालयमा बरिष्ठता मिच्दै चौथो वरियतामा रहेका शर्मा प्रधानन्यायाधीशमा सिफारिस


    बिहिबार, बैशाख २४ २०८३
    370
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपराह्न बसेको परिषद् बैठकले शर्मालाई सर्वोच्चको नेतृत्वका लागि अघि बढाउने निर्णय गरेको हो।
    वरिष्ठताका आधारमा चर्चामा रहेकी सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माको नाम सिफारिस भएपछि न्यायिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।

    प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

    अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनी औपचारिक रूपमा देशको प्रधानन्यायाधीश बन्नेछन् ।

    बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे तथा प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी सहभागी थिए ।

    चौथो वरियताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयबिरुद्ध राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदम्बेले फरक मत राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार