काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई पठाओको नाम भएको ज्याकेट र ट्राउजर लगाउन रोक लगाइएको छ । पठाओ राइडर र टयाक्सी चालकबिच दिनानु दिन झगडा हुन थालेपछि विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने ज्याकेट र ट्राउजर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पठाओ राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु बढेपछि भोली बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिएका छन् ।
पठाओ सञ्चालनमा रोक लगाउने विषय भने सत्य नभएको उनको भनाइ छ । भोली (बुधबार) बाट पठाओ लेखेका ज्याकेट लगाए कारवाही हुने भएको छ ।
यो हेनुृस् पठाओले जारी गरेको बिज्ञप्ती बिस्तृतमा
