काठमाडौं । गोंगबुमा ट्याक्सी चालक र पठाओ राइडरबिच झगडा भएको छ । आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन्।
हिजो सोमबार बिहान नयाँ बसपार्क क्षेत्रबाट एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै पठाओ राइडरलाई कुटपिट गरेका थिए ।
यात्रु लैजाने विषयमै विवाद भएर आफ्नो राइडर कुटिएको पठाओ नेपालकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताएकी छिन् । ‘हाम्रा यात्रु खोस्ने भनेर हाम्रो राइडरमाथि ट्याक्सी चालकलेले हातपात गरेको पाइयो, हामीले कसैमाथि पूर्वाग्रह राखेका छैनौं तर हामीलाई अन्याय भयो’, हमालले भनिन् ।
आजभोली दिनहुँ जसो पठाओ टयाक्सी चालकबिच ग्राहकका बिषयमा झगडा हुने गरेको हुने गरेको छ । अनलाइन बुकिङमार्फत सेवा दिने भने पनि पठाओका राइडरहरु चोक चोकमा प्रसस्त भेटिन्छन् ।