Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा – सरकार वार्ता : साउनसम्म ओली प्रधानमन्त्री , ठाकुरको नेतृत्वमा चुनावी सरकार


    मंगलबार, चैत्र १० २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बलुवाटारमा वार्ता गरिरहेका छन् । 

    बलुवाटारको वार्तामा जसपा एमाले नेतृत्वको सरकारमा जाने कुरामा सकारात्मक भएकाे स्रोतले बताएको छ । 

    एमाले र जसपा बिच आगामी साउनसम्म  केपी शर्मा ओली नै प्रधानमन्त्री कायमरहने र त्यसपछि महन्त ठाकुरलाई सरकारको नेतृत्व दिने बिषयमा सहमति हुन लागेको उच्च स्रोतले बताएको छ । 

    बालुवाटार स्रोतका अनुसार साउन पछि ठाकुर नेतृत्वको सरकारले मंसिरमा चुनाव गराउन सहमति गर्ने बिषयमा छलफल हुदैछ । 

    जसपा सरकारमा सहभागी हुँदा पनि माधव नेपाल समुहले फ्लोरक्रस गरेमा विश्वासको मत लिन असफल हुन्छ । यो सम्भावनालाई ख्याल गरेर प्रधानमन्त्री ओलीले माधव नेपाल समुहलाई फ्लोरक्रसको तहसम्म जान नदिन फकाउने रणनीति पनि भित्रभित्रै अख्तियार गर्ने भएका छन् । 

    जसपा र ओली बिचको वार्तामा पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराई सहभागी छैनन् । उनीहरु ओली  सरकारमा सहभागी हुने कुराको विरुद्धमा छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार