Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रप्रति ब्यापारीको गुनासोः घुस पनि लिने, सामान पनि बरामद गर्ने ?


    मंगलबार, चैत्र १० २०७७
    795
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बीरगंज । सशस्त्र प्रहरी बलको पर्सा जिल्ला हेर्नेगरी बाहिनीबाट खटिएको टोलीले व्यापारीबाट घुस लिए पनि सामान बरामद गरेर भन्सारमा बुझाएको खुलेको छ ।

     डीआइजी चन्द्रप्रकाश गौतमले पर्सा जिल्ला हेर्नेगरी बाहिनीमा कार्यरत डीएसपी दीपेन्द्र थापालाई पर्सा गणमा पठाएका छन् । यिनै डिएसपी थापाको कमान्डमा अहिले बीरगंजमा सशस्त्रका पाँच जना घुमुवा परिचालन गरिएको छ ।

    टोलीमा हवल्दार राजाराम पटेल, हरिबहादुर थापा र सिपाहीहरू विनोदप्रसाद यादव, राजकुमार पटेल, हरेन्द्र साह गोठ छन् । यी घुमुवाहरू विगतका समयमा पनि पर्साका विभिन्न बीओपीमा कार्यरत रहिसकेका र अनियमिततामा मुछिएका हुन् ।

     यी घुमुवाहरूले भिस्वाका व्यापारी शशिकान्तसँंग मासिक दररेट तोकेर लिने गरेको र रकम पाएपछि पनि सामान पक्राउ गरेको खुलेको हो । पीडित व्यापारी शशिकान्तका अनुसार उनले सशस्त्रका घुमुवाहरूलाई मासिक ५० हजार रूपैयाँ दिने गर्दथे । तर एकदिन उनीहरूले बाहिनीमा पनि बुझाउनुपर्ने भन्दै थप रकम घुस माग्दै आएको तर आफूले दिन नसक्ने भनेपछि कवाडीको कारखानामा छापा मारेर कर तिरेको र बीलबिजक भएको सामान पनि बरामद गरेको गुनासो गरेका छन् । उनीहरूले सोझै डिआइजीको भाग भनेर पैसा मागेको उनले बताए । छापा मार्ने क्रममा धेरै विवाद भएपछि हात हालाहालको अवस्था आएको थियो । त्यसपछि भिस्वा र सबैठुवा बिओपीबाट सशस्त्र प्रहरी बोलाइएको थियो ।

    गएको मंगलबार राति करिब १ बजेतिर सो घटना भएको थियो । सशस्त्रले सामान पक्राउ गरी लग्यो तर तत्काल भन्सारमा बुझाएन । घुमुवा टोली र सबैठुवा बिओपीका निरीक्षक प्रकाश भुजेलले आफूसँग शुरूमा ५ लाख रूपैयाँ मागेको र बार्गेनिङ गरी गरी पछि तीन लाख मागेको बताउँदै शशिकान्तले आफूले रकम नदिएपछि तीन दिनपछि मात्रै सामान भन्सारमा बुझाएको दावी गरेका छन् ।

     बुधबार डीएसपी दीपेन्द्र थापा आफैं भिस्वा बिओपी पुगेका थिए । यसरी घुमुवाहरूले सोझै डिआइजीको नाम लिदै बार्गेनिङ गर्दा पनि उनीहरूमाथि कारबाही त परै जाओस् छानबिन समेत भएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार