Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोबाइल पड्किएर किशोरीको मृत्यु


    मंगलबार, चैत्र १० २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका-१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

    मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज (मंगलबार) मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार