Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्यानमारमा बेपत्ता पत्रकार अपहरणमुक्त


    मंगलबार, चैत्र १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अपहरणमा परेका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त भएका छन् ।

    राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उनलाई शुक्रबार अपरहण गरेका थिए । 
     
    म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् । 

    रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
     
    बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ताभएका थिए  । उनलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ ।
     
    गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई हजार ६०० जना गिरफ्तार भएका छन् । 
     
    त्यसैगरी अरु २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दावी पनि गरेका छन् । 
      
    सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।

    सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका  छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार