Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ राजदुत यान्छी र प्रचण्डबीच भेटवार्ता


    शुक्रबार, बैशाख १९ २०७७
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ बैशाख ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड  र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।
    शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो । वार्तामा कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको प्रचण्ड निकट स्रोतले  बताए।
    भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका स्रोतले बतायो।

    ‘चिनियाँ राजदूत यान्छीले पनि नेपाललाई गर्ने सहयोगमा निरन्तरता दिने प्रतिवद्धता जनाएकी थिइन्’,स्रोतले भन्यो, ‘प्रचण्ड र राजदूतबीच झण्डै २० मिनेट कुराकानी भएको थियो।’
    चीनबाट नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने चीनका विभिन्न सामाजिक संस्था र व्यापारिक घरानाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन्।

    यसअघि प्रचण्डले कोरोनाभाइरस रोकथामका लागि सहयोग गर्न चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पत्र पठाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार