Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘फुलबुट्टे सारी’ सुनेपछि युगान्डाकी गायिकालाई भेट्ने मदनकृष्णको चाहना


    सोमबार, चैत्र ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतलाई हालसम्म ४ करोड भन्दा बढीले हेरिसकेका छन् । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो ।

    तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको स्वरलाई २ लाख पटक सुनिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ ।

    वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छिन् । उनले नेपालीलाई ‘आई लभ यू’ समेत भनेकी छिन् ।

    यो गीत गाउने क्रममा वियोन्सले लयमा विशेष ध्यान दिएकी छिन् । यो गीतको भिडियोको छायांकन भने नेपालमा नै गरिएको हो । डिका गुरुङले निर्देशन गरेको भिडियोमा वियोन्सले नै अभिनय गरेकी छिन् । वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ सुनेपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेटेर नै धन्यवाद दिने चाहना व्यक्त गरेका छन् ।

    सामाजिक संजालमा उनले लेखेका छन्–‘यी युगाण्डाकी गायिकाले सपक्क फुलबुट्टे लूगा नै लगाइवरी कभर गीतको रुपमा गायकी कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै….आम्ममामा….बाब्बाबाबा…ओहोहोहो..।’

    यो गीतको ४ वटा भर्सन सार्वजनिक भयो । जसमा लिजेन्ड भर्सनमा मदनकृष्णले स्वर दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार