Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४ लाख घुस लिएर अदालतमा बयान फेरेपछि थामी र तामाङबिरुद्ध मुद्दा दायर


    सोमबार, चैत्र ९ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जितबहादुर तामाङलाई ४ लाख रुपैयाँ घुस लिएर अदालतमा बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीसमेत भएको सिरम्फु सिंचाई योजना जल उपभोक्ता समिति लगायत बिभिन्न निर्माण व्यवसायी तथा अन्य उपभोक्ता समितिहरुबाट घुस लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गरिएका सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जितबहादुर तामाङले वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुनेगरी प्रतिकूल वकपत्र गरेका थिए ।

     भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादीहरु थामी र तामाङले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर इन्जिनियर प्रकाश अधिकारी र सवइन्जिनियर सुधिरकुमार साहलाई ४ लाख रुपैयाँ घुस दिएको पुष्टि हुन आएको र उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएकाले उनीहरुबिरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले थामी र तामाङ दुवैलाई ४ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय ९ अनुसार सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण रिसालले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार