Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १५० जनामा कोरोना संक्रमण पुष्टि


    सोमबार, चैत्र ९ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४७२ मा पिसिआर गर्दा  १५० जनामा कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।

    पछिल्लो २४ घन्टामा ९९ जना निको भएर फर्किएका छन्।

    योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ।

    कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार