Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राेकिएन टिपर आतंक फेरी दुईजनाको मृत्यु


    सोमबार, चैत्र ९ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

    पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा दुर्घटना हुँदा मोरङको रतुवामाई नगरपालिका–८ का २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको हो। 

    दुर्घटनामा परेर मोटरसाइकलमै सवार रहेका रतुवामाईकै १८ वर्षीय हर्षित बास्तोला गम्भीर घाइते भएका छन्। बास्तोलाको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ –०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

    टिपरले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएपछि त्यसबाट जोगिन खोज्दा अर्को मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी डीएसपी कार्कीले दिए। उनका अनुसार अनियन्त्रित भएर को २८ प ११३६ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा दुई जना घाइते भएका छन्। 

    उक्त मोटरसाइकलका चालक मोरङको उर्लाबारी नगरपालिका–८ का ४० वर्षीय तुलाराम ढुंगाना र ८५ वर्षीय शिवलाल ढुंगाना सामान्य घाइते भएका छन्। दुवै जनाको निम्स अस्पताल दमकमा उपचार भइरहेको जानकारी डीएसपी कार्कीले दिए। 

    उनका अनुसार दुर्घटनापछि टिपर र टिपर चालक दमक–४ का ४९ वर्षीय प्रकाश तामाङ तथा दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ। प्रहरी नियन्त्रणमा रहेका टिपर चालकले भने मोटरसाइकल ठोक्किएर दुर्घटना भएपछि मात्रै आफूले थाहा पाएको बताएका छन्। 

    दुर्घटनापछि अनियन्त्रित बनेको टिपर सडकको साइडमा रहेको एउटा रुखमा ठोक्किन पुगेको थियो। टिपर ठोक्किएपछि रुख नै भाँचिएको प्रहरीले जनाएको छ। टिपरको अगाडिको भागमा क्षति पुगेको छ। तर चालक भने सकुशल छन्। टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा पनि पूर्ण रुपमा क्षति पुगेको डीएसपी कार्कीले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार