मौरिससमा रहेको एमएण्डएम रेमिट कम्पनीबाट नेपाल भित्रिने रेमिट्यान्स कारोबार शंकास्पद देखिएको राष्ट्र बैंकले बताएको छ ।
विदेशबाट भित्रने रेमिट्यान्स कारोबार शंकास्पद देखिएको भन्दै उक्त कम्पनीसँग कुनै पनि कारोबार नगर्न राष्ट्र बैंकले नेपाली रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन समेत दिएको छ ।
तर लिनु पर्ने पैसा भए लिनका लागि भने यो निर्देशनले बाधा नपर्ने राष्ट्र बैंकले बताएको छ । कारोबार शंकास्पद देखिए पछि अनुसन्धान समेत शुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।
कस्तो शंकास्पदख भन्ने विषयमा भने उनले केही खुलाउन चाहेनन् । ‘कारोबार शंकास्पद देखिए पछि त्यो कम्पनीसँग हामीले कारोबार नगर्न भनेका छौं, थप अनुसन्धान हुँदैछ’ कार्यकारी निर्देशक पौडेलले भने ।