Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भ्याटबिल प्रकरणमा राजस्वको छानबिन, सानालाई मुद्दामाथि मुद्दा, ठूलालाई उन्मुक्ति


    सोमबार, चैत्र ९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • दीर्घराज मैनाली र प्रेम घिमिरे

    काठमाडौं । राजश्व अनुसन्धान विभागको नेतृत्व परिवर्तन भएको छ । सहसचिव रामप्रसाद आचार्यले विभागको महानिर्देशकका रुपमा नेतृत्व गर्ने अवसर पाएका छन् । दीर्घराज मैनालीको कार्यकाल रोमाञ्चक स्टन्टबाजीका साथ सकिएको छ । एकातर्फ केही नहुने गरीबलाई अर्बाैं बिगो कायम गरी मुद्दा दर्ता गरेर पत्रकार सम्मेलन गरी सस्तो प्रचारबाजी गर्ने कार्य उनका कार्यकालमा भए भने अर्काेतिर वास्तविक राजश्व छली गर्नेलाई लुकाउने र उन्मुक्ति दिने काम गरिएको आरोप लागेको छ ।

     १ लाख बिगो गर्नेलाई २० करोडभन्दा बढी जरिवाना माग गर्दै मुद्दा दायर गरेर त्यसलाई उपलब्धिका रुपमा मिडियाबाजी गर्ने काम पनि मैनालीका कार्यकालमा भए । वास्तविक कर छल्नेलाई उन्मुक्ति दिने र कम्पनी दर्ता भएकै आधारमा गरीबलाई अर्बाैं बिगो कायम गर्ने कार्यमा अर्थ मन्त्रालयका कर्मचारीले साथ नदिने भएपछि मैनालीले गृह मन्त्रालयबाट उपसचिव प्रेम घिमिरेलाई लगे । घिमिरेलाई लगेर उनले वास्तविक कर छल्ने व्यापारीलाई तर्साउँदै असुल्ने काम गरेको आरोप छ । अर्बाैं घोटाला गर्ने ओम सर्जिकलका रामशरण भण्डारीलाई १ करोड ९ लाख बिगो कायम गरी मुद्दा दर्ता गरेर उन्मुक्ति दिएको प्रमाण हामीसँग सुरक्षित छ । मैनालीको निर्देशनमा घिमिरेले ठूला कपडाका कारोबारी राजु साह, आईपी रोड लाइन्स् र सुगम ट्रान्सपोर्ट, पशुपति रोड क्यारिअरलाई अर्बाैं रुपैयाँको नक्कली भ्याटबिल प्रयोग गरेको फेला परेपनि उन्मुक्ति दिइएको छ ।

    उपसचिव घिमिरेले मोलमोलाई मिलाएर निर्दाेष देखाई वास्तविक करछली गर्ने उनीहरुलाई उन्मुक्ति दिए । सबै दोषजति नक्कली भ्याट बिल छापेर बिक्री गर्ने किशोरी यादवको टाउकोमा हाले । किशोरी यादवका नाममा ४ थान मुद्दा दर्ता गरेको प्रमाण पनि हामीसँग सुरक्षित छ । तर माथिका अर्बाैंका करछली गर्नेहरुलाई भने उन्मुक्ति दिइयो । नक्कली भ्याट बिल बेच्ने किशोरी यादवले मूल कारोबारीको संलग्नताको प्रमाण दिँदादिँदै पनि ती प्रमाण लोप गर्न उपसचिव घिमिरे र मैनालीले विगत ६ महिनादेखि मुद्दामाथि मुद्दा थपि हिरासतमा राखिएका छन् ।

    विभागले मैनालीको कार्यकालमा अनुसन्धानको नाममा छोरी कुटी बुहारी तर्साउने काम गरेको थियो । विभागले नयाँ नेतृत्व पाएपछि अब १ लाख बिगो गर्नेलाई २० करोड जरिवानाको मुद्दा दायर गर्ने कार्यको अन्त्य हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् । राजश्वका ‘र’ नजानेका प्रशासनका कर्मचारी विभागमा लगेर मैनालीले ‘एक्सटर्सन सेन्टर’ को रुपमा परिणत गराएको आरोप छ । नयाँ महानिर्देशक आचार्यले जति राजश्व वास्तविकरुपमा छली गरेको हो । त्यसैअनुसार मात्रै बिगो कायम गरी मुद्दा दर्ता गर्ने र विभागमा प्रेम घिमिरे प्रवृत्तिलाई निरुत्साहित गरी उनीबाट अनुसन्धान भएका फाइल पुनः छानबिन गर्ने अपेक्षा गरिएको छ ।

      घिमिरेले टुंग्याएका फाइल अनुसन्धान गरेको खण्डमा वास्तविक रुपमा ठूलो हेराफेरी भएको पुष्टी हुने स्रोत बताउँछ । मैनाली कार्यकालमा राजस्वले दायर गरेका अधिकांश मुद्दामा २० करोड धरौटी तोकेको छ भने लाखमात्र सदर गरेको उदाहरण पनि छ । तर मैनालीले गल्ती गरेको भन्दा धेरै गुणा बिगो दाबी गरेका आधारमा त्यसैलाई ठूलो परिमाणमा राजश्व चुहावट नियन्त्रण गरेको प्रचार गराए ।

      मैनालीको नेतृत्वमा राजश्वका उपसचिव रामप्रसाद रेग्मी (हाल रसुवा भन्सार प्रमुख) र प्रेम घिमिरेको टोलीले ठूलालाई उन्मुक्ति दिएर सानालाई धेरै बढी बिगो कायम गरी जनमानसमा उपलब्धी देखाएको रहस्य विस्तारै खुल्दैछ । ओम सर्जिकल प्रकरण त्यसको प्रत्यक्ष उदाहरण हो । ठूला कारोबारीसँग भारतको दरबंगादेखि दिल्लीहुँदै अस्ट्रेलियासम्म लेनदेन गरी उन्मुक्ति दिइएको विषय अर्थ मन्त्रालयका उच्चअधिकारीबीच अहिले पनि चर्चा हुने गर्दछ ।

    यसैक्रममा राजस्व अनुसन्धान विभागका निर्देशक प्रेम घिमिरेसँग किशोरी यादवसँग मिलेर एकथरी व्यापारीलाई सताउने, थर्काउने र मुद्दा दायर गर्ने गरेको र ठूलो परिणाममा नक्कली भ्याटबिल प्रयोग गर्नेहरुलाई उन्मुक्ति दिएको विषयमा प्रश्न गर्दा उनले भने–अनुसन्धानको विषयमा केही बोल्न मिल्दैन ।

    महानिर्देशकज्यूसँग सोध्नुहोस् । महानिर्देशक रामप्रसाद आचार्यसँग विभागबाट नक्कली भ्याट बिल प्रयोग गर्नेहरुसँग विभागका कर्मचारीको साँठगाँठका बारेमा जिज्ञासा राख्दा उनको भनाई थियो– म भर्खरै आएको छु । बुझ्दै छु । जुन साथीहरुको बारेमा तपाईंले भन्नुभयो उहाँहरुले त्यस्तो गर्नुभएको छैन होला । म अध्ययन गर्छु । साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार