कलेजले मनोमानी शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी प्रा.लि (सेडा) कलेज प्रशासनले विभिन्न बहानामा चर्को शुल्क असुलेको उनीहरुको आरोप छ ।
आन्दोलित विद्यार्थीहरुले सोमबार दिउँसो कलेज परिसरमा टाएर बालेर प्रर्दशन गरेका छन् । कलेज प्रशासनले विधार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को शुल्क उठाएको उनीहरुकाे भनाइ छ ।
‘अतिरिक्त क्रियाकलापको नाममा कलेजले बार्षीकरुपमा एउटा विद्यार्थीबाट शुल्क बाहेक २२ हजार रुपौंया उठाउँदै आएको छ ।
पछिल्लो समय कलेजले कारोना शुल्कका नाममा एकजना विद्यार्थीबाट १५ हजार रुपौंया उठाएको छ । तर, “म्याद सकिएको सेनीटाइजर कक्षा कोठामा राखिएको छ,लाइब्रेरीमा सबै पुराना किताब छन् ,ल्याबमा केमिकल छैन, हात धुने राम्रो साबुन पानीको व्यवस्था छैन, महिला विद्यार्थीका लागि प्याडको समेत राखिएको छनै ।’ अतिरिक्त क्रियाकलाप कस्तो हुन्छ, हामीले आजसम्म देख्न पाएका छैनौं, कुनै माग राखेर प्रशासनमा जाँदा प्राक्टिकल नम्बर काटिन्छ” विद्यार्थीहरु बताउएछन् ।
कलेज प्रशासनलाई विद्यार्थी र अभिभावकले तोकिए भन्दा बढी शुल्क नलिन बारम्बार आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताए ।
यसका साथै उनीहरुले अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न माग गरेका छन् । शुल्क फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।