Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वआइजीपी सर्वेन्द्रले ‘राजनीति शुद्धिकरण’ गर्ने, उनको सम्पत्ति शुद्धिकरण कसले गरिदिने ?


    सोमबार, चैत्र ९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले सक्रिय राजनीतिमा लाग्ने चाहना प्रकट गरेका छन् । जनकल्याण सामाजिक  केन्द्रले शनिबार आयोजना गरेको ‘१८ औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले आफूले प्रहरी सङ्गठनमा लागेर समाज र राष्ट्रको सेवा गरेको उल्लेख गर्दै जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्ने बताएका थिए । नेपालको राजनीति क्षेत्रलाई शुद्धिकरणका लागि राजनीति क्षेत्रमा हुने बदमासीको अन्त्य हुनुपर्छ, त्यसका लागि जनताले अवसर प्रदान गरे राजनीतिमा लाग्ने अभिब्यक्ति खनालले प्रकट गरेका थिए ।

    राजनीति शुद्धिकरण गर्ने खनालको प्रहरीमा हुँदा आर्जन गरेको अकूत सम्पत्तिको शुद्धिकरण कसले गरिदिने ? उनले राजनीति शुद्धिकरण गर्ने भाषणपछि नेपाल प्रहरीभित्रै यो सवाल उठ्न थालेको छ ।

    प्रहरीमा हुँदा उनले के के गरे, कसरी अकूत सम्पत्ति आर्जन गरे भन्ने उनीसँग काम गरेका प्रत्येक जानकार छन् । गएको २०७७ बैशाखसम्म त उनको ढोंग अलिअलि बाँकी थियो, तर महेश बस्नेत र किसान श्रेष्ठसँग सांसद डा सुरेन्द्र यादवलाई लिन (जसपाका नेताले ‘अपहरण’ भनेर उजुरी दिएका छन्) जनकपुर गएपछि उनका बारेमा बाँकी रहेका सबै भ्रमहरु च्यातिएका थिए ।  

    खनालले प्रहरीमा हुादा आर्जित करोडौं रुपैयाँ सांसद कृष्णकुमार श्रेष्ठ(किसान)सँग जग्गामा लगानी गरेको स्रोत बताउँछ । किसान श्रेष्ठको नाममा रहेका सिमराका अरब मूल्यका जग्गा ब्यवसायमा खनालको लगानी ठूलो हिस्सा रहेको प्रहरीका अधिकारी अधिकांशलाई थाहा छ । किसान श्रेष्ठको सिमरामा ठूलो जग्गाको कारोबार छ । किसान श्रेष्ठ र इच्छाबहादुर वाग्ले मिलेर सिमरामा इच्छा होटल वरिपरिको मसानघाट समेत अतिक्रमण गरेको आरोप छ । किसानको सम्पत्ति निष्पक्ष तबरले छानबिन गर्ने हो भने पनि सर्वेन्द्रको सम्पत्ति पत्ता लाग्ने प्रहरी स्रोत बताउँछ ।

    खनालले आइजीपी हुनुअघिदेखि नै सुबुप्रताप केसीसँग मिलेर धेरै हाइड्रोपावरहरुमा लगानी गर्दैआएका थिए । २०७४ चैतमा आइजीपी हुनासाथ उनले सुुबुलाई अमेरिकाबाट नेपालमै बोलाएर अकूत सम्पत्ति ब्यवस्थापनमा लगाउन थाले । केसीले सर्वेन्द्रकै लगानीमा बसुन्धरा बैंक्वेटमा लगानी गरेको त सरकारी वकिल र प्रहरीको सम्मेलनदेखि विभिन्न कार्यक्रम गराएबाटै पुष्टि भएकै थियो । प्रहरीकै महेन्द्र पुलिस क्लव हुँदाहुँदै अतिरिक्त रकम खर्चेर सम्मेलन गरिएको थियो ।  

    मनाङ होटलमा पनि देवेन्द्र गिरीसँग मिलेर खनालले लगानी गरेको स्र्रोतको दाबी छ ।  म्याचफिक्सिङको केसमा बुकीवालासँग असुली गर्ने भित्री उद्देश्य उनको रहेको नलुकेको प्रहरी स्रोत बताउँछ ।

    आइजीपी भएकै दिन इन्स्पेक्टर केशव गौतमलाई प्रबन्धमा ल्याएर सबै बन्दोबस्तीका सामान टोपेन्द्र बीसी, वीरेन्द्र जोशी लगायतको समूहलाई सेटिङमा दुई गुणासम्म महंगोमा खरिद गरी करोडौं कमिसन लिएको आरोप छ । खनालको कार्यकालमा प्रबन्धबाट भएको खरिदमा कसरी सेटिङ भएको थियो भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका थुप्रै उजुरीमात्रै केलाउने हो भने स्पष्ट हुन्छ । टोपेन्द्र बीसीको समूहलाई मात्रै सेटिङमा खरिदको ठेक्का दिएर केशव गौतमले खनाललाई कुस्त लाभ पुर्याउने काम गरेका थिए ।

    खनालको कार्यकालमा प्रहरी प्रधान कार्यालयले नै २ नम्बर प्रदेशमा घुुमुवा खटाई अतिरिक्त रकम असुली गर्ने क्रम सुरु गरिएको थियो । इन्स्पेक्टर कृष्णदेवप्रसाद साहको कमाण्डमा खनालले १४ जनाको घुमुवा टोली परिचालन गरी अतिरिक्त रकम असुली गरेको बिषयले उनी विवादित पनि भए । तिनै कृष्णदेव साहलाई प्रयोग गरी नेत्रविक्रम चन्द विप्लवका सर्लाहीका नेता कुमार पौडेलको हत्या गरिएको थियो । पौडेलको गैरन्यायिक हत्या अभियोगमा मानवअधिकार आयोगले इन्स्पेक्टर साहलाई नियन्त्रणमा लिएर मुद्दा चलाउन निर्देशन दिए पनि अहिलेसम्म कुनै प्रक्रिया सुरु हुन सकेको छैन । उनी अहिले पनि पहरा गणमै कार्यरत छन् ।    

    अपराध महाशाखाको प्रमुख हुँदा रघु पुरी लगायतका केही म्यानपावर ब्यवसायीलाई पक्राउ गरी तर्साएर अरु पचासौं बैदेशिक रोजगार ब्यवसायीबाट दररेट अनुसार असुली गरेका थिए । 

     नारायणी अन्चलको एसएसपी हुँदा कुख्यात अपराधी बब्लु दुवेलाई काठमाडौंको सीतापाइलाबाट नियन्त्रणमा लिएका थिए । त्यसक्रममा दुवेसँग भएको ३ करोड भन्दा बढी भारतीय रुपैयाँ गायब भएको थियो । त्यो रकम गायब पारी दुवेलाई भारतीय प्रहरीलाई सुटुक्क बुझाउने काम गरिएको थियो भन्ने बिषय त्यतिबेला पनि चर्चामा आएको थियो । नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले दुवेलाई सुटुक्क बुझाउने काम गरिएको थियो ।
      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार