काठमाडौँ । देशभर केही दिन देखि परेको वर्षाका कारण गएको पहिरोले बिभिन्न सडकहरुमा सवारी साधन आवागमन प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो ।
बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडकको पहिरो हटाउन डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।
त्यस्तै पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरुपमा अवरुद्ध छ ।
यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात अवागमन प्रभावित भएको छ ।
सो सडकखण्डमा ट्राफिक प्रहरीको निर्देशन पालना गर्दै संयमित भएर सवारी साधन चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend