Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रम्पका विशेष दूत गोरले भेटे रास्वपा सभापति लामिछाने


    शनिबार, बैशाख १९ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।उनीहरूबीच आज शनिबार भेटवार्ता भएको हो ।

    भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

    गोर बिहीबार साँझ काठमाडौं आएका थिए । उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।

    उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार